“व्यस्ततामा स्वस्थता” भन्ने नाराका साथ नेपाल दुग्द्य विकास संस्थान डिडिसीले स्लीम मिल्क नामक नयाँ दुध बजारमा ल्याएको छ।

संस्थानको ४५ औं बार्षिकोत्सवको अवसर पारेर  डिडिसीले स्लीम मिल्क बजारमा ल्याएको हो ।

स्लीम मिल्कु डायबेटिज, मुटुका बिरामीहरुका साथै बढी तौल भएकाहरुका लागि उत्तम हुने दुग्द्य विकास संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहले जानकारी दिएका थिए ।

 दुधमा प्रोटिन, क्यालसियम, भिटामीन भरपुर मात्रामा हुने र  कम क्यालोरेस भएकाले लो फ्याट स्लीम मिल्क सबैले पिउन सकिने डिडिसीको बताएको छ ।

नयाँ स्लीम मिल्क पाँच सय एमएलको प्योकटमा उपलब्ध हुनेछ। दुधको बजार मुल्य  भने २२ रुपैया रहेको डिडिसीले  जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।