असार ३० । विदेश जाने कामदार स्वास्थ्य परीक्षणका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता हटाउन सरकारले उपत्यका बाहिरका स्वास्थ्य संस्थाले पनि आवेदन दिई प्रमाण पत्र पाउन सक्ने बताएको छ ।  अहिलेसम्म  उपत्यका बाहिरका ५५ वटा संस्थाको  आवेदन परेको छ ।

नयाँ आवेदन दिएका सहित ३ सय ५ स्वास्थ्य संस्थाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत विशेषज्ञ समितिले अनुगमन गरेर  प्रमाण पत्र दिइने  जनाएका छन ।

विशेषज्ञ समितिले स्वास्थ्य परिक्षण गर्ने संस्थाहरुको वैधानिकता, रेडियोलोजि सम्बन्धी सेवा, प्रयोगशाला, फोहोर व्यवस्थापन, जनशक्ति जस्ता शर्त तथा मापदण्ड पूरा भएको छ कि छैन अनुगमन गर्ने स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष प्रविन तिवारीले बताएका छन  ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।