असार ३० । चीनमा भिषण बर्षा पछि फुजीआन प्रान्तमा आएको समुन्द्री आँधीका कारण करिब ३ लाख मानिस घरबार बिहिन भएका छन । साथै कम्तीमा २ सय मानिस बेपत्ता भएका छन् ।
ताईवानको समुन्द्री किनारबाट आएको ताईफुन नामक समुन्द्री आँधीमा अन्य सयौं मानिस हराईरहेको खबर आएको छ ।
चीनको राष्ट्रिय दैवी प्रकोप केन्द्रका अनुसार १ सय १९ किलोमिटर प्रतिघण्टाको बेगमा आँधी आएको बताइएको छ ।
८ हजार भन्दा बढी मानिसहरु आँधी प्रभावित क्षेत्रका टापुहरुमा थुनिएको बिबिसीले जनाएको छ । आँधी प्रभावित क्षेत्रमा राहतकर्मी र सुरक्षा कर्मि परिचालन गरीएको छ ।
Comments