बैज्ञानिकहरुले यो पत्ता लगाएका छन की रक्त परीक्षणका माध्यमबाट मानिस कति वर्षसम्म बाँच्छ भन्ने कुरा थाहा पाउन सकिने भएको छ ।

वैज्ञानिकहरुले रगतमा यस्तो रासायनिक सूचक  पत्ता लगाएका छन् जसको अध्ययनबाट मानिसको स्वास्थ्य  र आयुका विषयमा समेत विशेष जानकारी पत्ता लगाउन सकिन्छ ।

 यो परीक्षणको माध्यमबाट बच्चा जन्मिने बित्तिकै उसलाई भविष्यमा लाग्न सक्ने रोगव्याधी तथा ऊ बाँच्ने सम्भावित उमेरका विषयमा अनुमान लगाउन सकिने उनिहरुको दाबि छ ।

अध्ययनमा  भविष्यमा उमेर बढ्दै जाँदा देखापर्ने हड्डी तथा मुटु सम्बन्धि रोगको निदान समयमै गर्न सकिने र त्यसको रोकथाममा सहयोग पुग्ने अनुसन्धानबाट पत्ता लागेको छ  । यसले चिकित्सा विज्ञान तथा स्वास्थ्य क्षेत्रको सफलता हुने उनीहरुको दाबी छ ।

बेलायतको लण्डनस्थित किंग्स कलेजका शोधकर्ताहरुले मानिसको रगमा विभिन्न २२ प्रकारका उपापचयन सँग सम्बन्धित विशेष रसायन पत्ता लगाए जसको परीक्षणबाट मानिसको बुढ्यौलीपनाको विषयमा विशेष जानकारी प्राप्त गर्न सकिने बताएका छन । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।