असार ३० । अमेरिकामा स्वास्थ्य परिक्षण गराएर फर्किएका कांग्रेस सभापति सुशिल कोइरालालाई न्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्ज ल्याउन गुण्डागर्दीको ओइरो लागेको छ ।

शनिबार दुईसातापछि स्वदेश फर्किएका कोइराला प्रहरीले गन्डागर्दीको सूचीमा राखेका ब्यक्तिले प्रहरीकै अघिअघि स्कर्टिङ गरेका थिए ।

कोइरालालाई स्वागत गर्न विमानस्थलमा जानेको ठूलै भीडमा काँग्रेस कार्यकर्तामध्ये अधिकांश प्रहरीले गुन्डागर्दीको सूचीमा राखेका व्यक्ति थिए ।

स्वागत गर्ने क्रममा कार्यकर्ता तथा गुण्डागर्दी गर्नेहरुको भीडलाई नियन्त्रण लिने क्रममा विमानस्थल प्रहरी प्रमुख डिआइजी गोपाल भण्डारीको कपडा समेत च्यातिन पुगेको छ ।

त्यहाँ पुग्नेहरुमा डन रोज राणा, सञ्जीव स्याल लगायतको समुह त्यहाँ पुगेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

राणा काँग्रेसनिकट डन मानिन्छन् । त्यस्तै सञ्जीव लामा भनिने स्याल काभ्रे तरुण दलका नेता हुन । उनी पक्राउ पर्दा डेढ महिनाअघि उनका समर्थकले काभ्रे नै बन्द गराएका थिए ।

राणा, स्यालमात्र नभएर कोइराला निकट ‘टोले’ डनको समूह पनि विमानस्थलमा थियो । ट्राफिक नियम उल‌ंघन गर्दै एउटै मोटरसाइकलमा तीनजनासमेत बसेर उनीहरुले कोइरालालाई प्रहरीभन्दा अघिअघि स्कर्टीङ गरेका थिए । तर, देउवानिकट मानिने कुमार घैटे,पूर्ण गुरुङलगायत भने गएका थिएनन् भनेर उक्त पत्रिकाले खबर छापेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।