अमेरिकाबाट आज फर्कदै सभापति कोइराला

असार २९ । स्वास्थ्य परीक्षणका लागि भनेर असार १३ गते अमेरिका गएका नेपाली काँग्रेसका सभापति सुशील कोइराला आज स्वदेश फर्कदैछन् ।

जिब्रोको क्यान्सरको नियमित परीक्षणका लागि कोइराला अमेरिका गएका थिए ।

सभापति कोइरालाले न्युयोर्कस्थित स्नोल्यान्ड क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गर्नुका साथै त्यहाँस्थित पार्टीको भ्रातृसंस्था नेपाली जनसम्पर्क समितिले आयोजना गरेको विभिन्न कार्यक्रममा पनि सहभागी भएका थिए ।