असार २९ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका परिसरमा रहेका पुरातात्विक सम्पदा खतरामा परेका छन् ।

काठमाडौं महानगरपालिकाले निजी कम्पनी साइड वर्कससँग गरेको पुरक सम्झौताका कारण यस्तो हुन गएको हो ।

मूल सम्झौता पछिको पुरक सम्झौतामा साइड वर्कसको स्वार्थअनुकूल सम्झौता भएपछि पुरातात्विक सम्पदा नै खतरामा परेको अन्नपूर्ण दैनिकको समाचारमा उल्लेख छ ।

वर्कसले सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण, प्रवेश टिकट व्यवस्थापन र विदेशी अनुदानका लागि सिधै समन्वय गर्न पाउनेजस्ता सर्त सम्झौतामा राखिएको छ।

वर्कसको स्वार्थअनुकूल राखिएका ती केही सर्तका कारण उक्त क्षेत्रमा अतिक्रमण बढ्ने खतरा देखिएपछि युनेस्कोले सरकारलाई सचेत गराएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।