असार २९ सिरहाको देवीपुर ९ टोलमा आज राती डाकाँहरुको समुहले लुटपाट गरेको छ । डाँकाहरुलाई प्रतिकार गर्दा देवीपुरका गुरुदयाल महतो, रबिन्द्र महतो र अरविन्द महतो घाइते छन्। उनीहरुको स्थानिय अस्पतालमा उपचार गरिएको छ । राति १२ बजेको समयमा १०-१२ जनाको सशस्त्र डाँका समूह गाउँमा छिरेर १२ घरबाट गरगहना साथै करिब ५ लाख भन्दा बढीको धनमाल लुटेर लगेको प्रहरीले बताएको छ ।
१०- १२ जनाको समुहले लाठी, खुकुरी लगायत घरेलु हतियार सहित टोलमा प्रवेश गरि लहरै डकैती गर्न थालेपछि स्थानिय प्रतिकारमा उत्रेका थिए । उनीहरु संख्या धेरै र हतियार सहित भएकोले समात्न नसकेको घाइते भएका रबिन्द्र महतोले बताए इलाका प्रहरी कार्यालय विष्णुपुर लाई खबर भए पनि डकैती गरी भागिसकेपछि मात्र प्रहरी आएको स्थानीयको बताएका छन ।
। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Comments