असार २८ । कतारमा कम्पनीको काम सकेर गाडी पर्खिरहेको अवस्थामा विपरित दिशाबाट आएको गाडीको ठक्करबाट तीन जना नेपालीको निधन भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा चितवन जुटपानी ४ सगुनटोलका २० बर्षका अर्जुन गौतम, बर्दियाका आशराम थारु र पतावरी चौधरी रहेको बताइएको छ ।
गाडीको ठक्करबाट चितवनकै सञ्जित महतो भने घाइते भएका छन् । दुर्घटनामा अरु ४ जना भारतीय नागरिकको पनि ज्यान गएको छ ।
Comments

