असार २८  । लगनखेलमा नेपालको पहिलो एक मात्र मानसिक अस्पतालमा मानसिक रोगीको सङ्ख्या दिन प्रति दिन बढिरहेको  जनाएको छ ।

 नेपालमा अभाव, अशान्ति, विभेद, अन्याय, वितृष्णा, पक्षपात जस्ता विकृतिले समाजमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको मानसिक स्वास्थ्यका क्षेत्रमा लामो समय देखि काम गर्दै आएका  डा.  भोगेन्द्र शर्माको  भनाई छ ।

यसैगरी नेपालमा लागुऔषध प्रयोगकै कारण मानसिक समस्या झेल्नेको सङ्ख्या ९६ हजारभन्दा बढी रहेको लागुऔषध नियन्त्रण कार्यक्रमका प्रमुख वलदेव गौतमले बताएका छन ।

आव २०६६०६७ मा  २६ हजार आठ सय २२, २०६७०६७ मा २८ हजार २२ र २०६८र०६९ मा २८ हजार सात सय २२ जना रोगीको उपचार गरिएको लगनखेल मानसिक अस्पतालले  जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको एक सर्वेक्षणअनुसार  नेपालमा ४० लाख जति मानसिक रोगको समस्या भोगिरहेको  बताएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।