चुनाव बहिस्कार गछौँ भनेर चीनलाई सुनाउँदा केही भन्दौनौं भने : गजुरेल

असार २८ । नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेलले मंसिरमा हुने भनिएको चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने कुरा चीनलाई सुनाउँदा बहिस्कार गर्ने वा भाग लिने तपाईहरुको आन्तरिक कुरा हो भनेको बताएका छन् ।

गजुरेलले हालै भएको उच्चस्तरिय चीन भ्रमण आफ्नो पार्टीको योजनामा भएको समेत बताए ।

‘हामीले पार्टी पुर्नगठन गरेपछि पहिलो पटक चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणा हामी गएका थियौं, संवाद डबलीको कार्यक्रममा बोल्दै उनले भने यसपटक हाम्रो पार्टीको योजनामा दुवै कम्युनस्टि पार्टीबीच चीनमा बैठक भयो’ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

उनले २५ गते र २६ गते चिनियाँ कम्युनस्टि पार्टीको अन्तर्राष्ट्रिय विभागसँग दुई/दुई घण्टा छलफल भएको र त्यसैगरी उपराष्ट्रपतिसँग अर्कोदिन छलफल भएको जानकारी समेत दिए ।

अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले बैठकमा दुई कम्युनिस्ट पार्टीबीच नेपाली राजनीतिको विषयमा गम्भीर छलफल भएको तर चिनियाँ कम्युनिष्ट पार्टीले आफूहरुलाई चुनावमा जानुस् नभनेको बताए ।

गजुरेलले चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वले चुनावमा जाने, बहिस्कार गर्ने, कहिले गर्ने, नगर्ने तपाईहरुको आन्तरिक मामला हो यसमा हामी केही भन्दौनौं भनेको उनको भनाई छ ।

‘नेपालको संक्रमणकाल छिटो अन्त्य होस्, शान्ति सुशासन होस्, विकास होस् भन्ने चिनियाँ कम्युनिस्ट पार्टीले चाहको पनि उनले बताए ।

दुई पार्टीको बैंठकमा अहिले गर्ने चार नेताको निर्देशनमा कर्मचारीले गर्ने चुनावले राजनीतिक निकास नदिने र झन द्वन्द्व थप्ने, चुनाव भएपनि नेपाली जनताले संविधान नपाउँने र आफ्नो पार्टीको नीतिले मात्र देशमा दिगो शान्ति स्थापना हुने चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वलाई आफूहरुले भनेको गजुरेलले बताए ।

आफ्नो पार्टीले चुनाव बहिस्कार लगायतका विषयमा चिनियाँ कम्युनिस्ट पार्टी सँगको बैठकले कुनै प्रभाव नपार्ने भन्दै उनले पार्टीले गरेका निर्णय कार्यन्वयनमा अगाडी बढ्ने बताए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै गजुरेलले आफूहरुले चिनलाई महत्व दिएको र भारतलाई नदिएको नभई उसले (भारत) नै नचाहेकाले छलफल र संवाद नभएको पनि बताए ।

‘चीनले हामीलाई बोलाउछ, हामी जान्छौं र हामीले बस्यौ भन्दा उ तयार हुन्छ तर भारत हामीसँग छलफल गर्न तयार छैन भने खोज्दै जाने कुरा भएन, भारत एकै हातले ताली बजोस् भन्ने चाहन्छ भने त्यो संभव छैन’ गजुरेल भने ।

आफ्नो पार्टी भ्रमण छोट्याएर लाइन लागेर भारतलाई भेट्न नजाने समेत उनको तर्क छ । हालै एक दिने नेपाल भ्रमण सकेका भारतीय विदेशमन्त्री सलमान खुर्सिदसँग आफ्नो पार्टी र नेताहरुले भेट्ने योजना नै नभएको भन्दै पुर्व निर्धारित कार्यक्रममा भएकाले आफूहरु चीन गएको गजुरेलले बताए ।