नेपालमा १७ प्रतिशत किशोरीअवस्थामै गर्भवती, गर्भपतन गराउने ९५ हजार

असार २८ । महिलाहरुका लागि किशोरीवस्थमा विवाह गर्न कानुनले निषेध गरेको छ । तर एक तथ्यांकले भने नेपालमा १७ प्रतिशत त किशोरीअवस्थामै पहिलो पटक गर्भवती र आमा बन्ने गरेको देखाएको छ ।

उक्त तथ्यांकले नेपालमा १५ देखि १९ उमेर समूहका हरेक पाँच जना किशोरीहरुमध्ये दुईभन्दा बढीको विबाह भइसकेको पनि देखाएको छ ।

राष्ट्रसंघीय जनसंख्या कोषले १० देखि १९ बर्षका उमेर समूहकालाई किशोर किशोरीका रुपमा परिभाषित गरेको भएपनि राजधानी आयोजित एक कार्यक्रममा सार्वजनिक गरेको तथ्यांकले भने उक्त कुरा देखाएको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

यो समूहका विबाहित किशोरकिशोरीहरुमध्ये ८६ प्रतिशतले परिवार नियोजनको आधुनिक साधनहरु प्रयोग नगरेको पनि कार्यक्रममा बताइयो । कार्यक्रममा दिइएको जानकारीअनुसार सन् २०१०–११ मा सरकारी स्वास्थ्य संस्थाहरुमा मात्रै गर्भपतन गराउनेको संख्या ९५ हजार पुगेको थियो ।