असार २८ । अन्तिम ओभरमा १५ रन आवश्यक परेका बेला  महेँद्र सिंह धोनीले दुई छक्का र एक चौका हान्दै भारतले  ट्राइसिरिज

को  फाईनल उपाधी उचाल्न सफल भएको छ ।

श्रीलंकालाई १ विकेटले हराउँदै भारतले उपाधीमा जितेको छ । श्रीलंकाले दिएको २०२ को लक्ष्य  भारतले  ९ विकेटको क्षतिमा २ बल बाँकी छदाँनै विजय हासिल गरेको हो ।

 जितका लागि  धोनीले अविजित ४५ रनको जोडे भने  रोहित शर्माले सर्वाधीक ५८ रन  सुरेश रैनाले ३२, दिनेश कार्तिकले २३ र शिखर धवनले १६ रन बनाएर टिमलाई उपाधी जिताउन सफल भए । भारतका  जितका लागि बलरको भुमिकामा रविन्द्र जडेजाले ४ रविचन्द्रन आश्विन २, भुवनेश्वर कुमार २र ईशान्त शर्माले २  विकेट लिन सफल भए  ।

भारतीय कप्तान धोनी प्लेयर अफ द म्याच तथा भुवनेश्वर कुमार प्लेयर अफ द सिरिज भए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।