असार २७ । दुई पक्षबीचको झगडाको विषयलाई लिएर पत्रकार दीपक धितालमाथि कुटपिट भएको छ ।

राजधानीको सुकेधारामा दुई पक्षबीचको झगडाको विषयलाई बुझेर आफ्नो डेरामा पुगेका पत्रकार धितालमाथि डेरामै पुगेर सिन्धुपाल्चोक घर भई सुकेधारामा डेरा गरी बस्ने कुमार सिलवालले हातपात गरेको पीडित पत्रकार धितालले बताएका छन् ।

आक्रमणबाट पत्रकार धितालको अनुहारमा चोट लाग्नुका साथै नाकमा समस्या देखापरेको जनाएको छ ।

घटनापछि धितालको नाक तथा मुखमा रगत बगिरहेको फोटो सार्वजनिक समेत भएको छ । उक्त फोटो सामाजिक सञ्जाल तथा अनलाइनहरुमा छ्यापछ्याप्ती भेटिए पनि कसले र कति बेला खिचेको भने खुल्न सकेको छैन ।

सिलवालले तँ पत्रकार होस्, तैले मेरो केसमाथि ध्यान दिएको मैलै थाहा पाइरहेको छु तलाई म छाड्दिँन भन्दै डेरामा आएर हातपात गरेको धितालले बताएका छन् । प्रहरीले दोषीमाथि कारबाही हुने बताएको छ ।

यसैबीच, पत्रकारिता सम्बन्धित विभिन्न संघ संगठनले घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।