असार २७ । रेडियो नेपालमा समाचार वाचन गरि सकेपछि घर फर्कने क्रममा बेहोस पछि एक पत्रकारको निधन भएको छ ।

सिहदरबार भित्र कार्यालय रहेको रेडियो नेपालमा नेवारी भाषाको समाचार वाचन गरेर फर्कने क्रममा बिहीबार साढे नौ बजे पत्रकार हरिश चन्द्र रञ्जित माइतीघरमा एक्कासी बेहोस भएका थिए । बेहोसपछि उनलाई प्रहरीले उपचारका लागि वीर हस्पिटल लैजादैँ गर्दा बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।

भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१५ इलाछे टोल बस्ने ४९ बर्षीय रञ्जित लामो समयदेखि रेडियो नेपालमा पत्रकारिता गर्दै आएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।