किशोरावस्थामा गर्भाधान–सर्वाङ्गीण विकासमा व्यवधान’ भन्दै जनसंख्या दिवस मनाइदै

असार २७  । ‘किशोरावस्थामा गर्भाधान–सर्वाङ्गीण विकासमा व्यवधान’  भन्दै आज विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइदैछ ।  संयुक्त राष्ट्रसघको आह्वान अनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।

किशोरावस्थामा गर्व बसाउदा  आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न हुने र जनसंख्या व्यवस्थापन प्रभावित हुने भएकाले यस वर्षको  जनसख्या  दिवसमा किशोरावस्थामा हुने गर्भाधान हटाउनका लागि  जोड दिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

 राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार दैनिक विश्वमा एक करोड ८० लाख युवती प्रजनन  हुने तथ्याङ रहेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

 यसै अवसरमा राष्ट्रसंघका महासचिव वान की मुनले  पनि यौन तथा प्रजनन स्वास्थ्यको जानकारी दिदै मातृ स्वास्थ्यको ग्यारेन्टी गरिनुपर्ने मा सबैले जोड दिनु पर्ने बताएका छन ।