असार २७ । प्यूठानको गोठिवाङमा पहिरोले गाडी च्याप्दा  रोल्पा जिल्ला विकास समितिका दुई कर्मचारीको मृत्यु भएको छ ।

आज विहान सडक माथिबाट खसेको पहिरोले पुरिएर रोल्पा जिल्ला विकास समितिमा कार्यरत इन्जिनियर देबराज आचार्य र कर्मचारी लोकबहादुर खड्काको मृत्यु भएको छ भने रोल्पा लिबाङका भुवन श्रेष्ठ घाइते भएका प्रहरीले बताएको छ ।

 रोल्पाको लिवाङ जाने क्रममा प्यृठानको गोठीबाङ २ लामाचौरमा नजिक विबाङ भन्ने ठाउंमा सडक अवरुद्ध भएर जीप रोकिराखेको अवस्थामा माथिबाट खसेको पहिरो आएर गाडी च्यापिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।