असार २७ । नेकपा माओवादीका नेता

नेत्रविक्रम चन्द( विप्लप )ले  यो सरकार भनेको संविधानको मर्म विपरित, जनभावना विपरित, चार दलको सिन्डिकेटको सरकार भएकोले  मंसिर ४ मा  कुनै हालतमा  निर्वाचन  गराउन नसक्ने बताएका  छन ।

उनले संविधानसभाको चुनावमा जानु भन्दा पहिला जुन विषयमा कुरा नमिलेर हिजोको संविधानसभाले संविधान बनाउन नसकेको भन्दै त्यसको समिक्षा  नगरी गरिने चुनावको केही मतलब नहुने र करोडौको पैसा खतम हुने बताएका छन ।

 यो निर्वाचनको  निकास लागि  नभई   प्रति जनता १० हजार रुपैया रुपैया बोझ  गराउनका लागि मात्र गरीएको  उनले बताए ।

अहिलेको  निर्वाचनमा पत्रकार बकिल, नागरिक समाज कोही पनि चुनावको पक्षमा छैनन् त्यसले गर्दा विना निष्कर्षको निर्वाचनको केही मतलब  नहुने उनको दावी  गरेका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।