असार २७ । मानव बेचविखनको मुद्धामा साउदी अरबकी राजकुमारी मेसल अलबेन अमेरिकामा पक्राउ परेकी छन् ।

उनले जबरजस्ती घरेलु कामदार राखेको भन्दै मानव बेचबिखनको मुद्धामा क्यालिफोर्नयाबाट प्रहरीले पक्राउ गरेको दटाइम्सले खबर छापेको छ ।

४२ वर्षिय साउदी राजकुमारीको उक्त अभियोग प्रमाणित भएमा त्यहाँको कानुन अनुसार १२ वर्ष सम्मको कैद हुन सक्ने याहुन्यूजले जनाएको छ ।

उनले घरेलु कामका लागि राखेकी केन्याकी कामदार टोनी र्याककाउकसले सुटकेस सहित बसमा पुगेर आफू मानब बेचविखनको पिडित भएको भन्दै गुहार मागेकी थिइन् । त्यपछि बसमा रहेका अन्य यात्रुले प्रहरीलाई खबर गरिदिएका थिए ।

राजकुमारी मेसल अलबे, फोटो: याहुन्यूज

ती केन्याकी कामदारले प्रहरीसमक्ष आफूलाई सन २०१२ मा केन्याबाट कामका लागि साउदी अरब ल्याएको र त्यसपछि पासपोर्ट समेत उनीहरुले खोसेर लगेको बयान दिएकी छिन् । उनको उमेर ३१ वर्षको रहेको छ । उनले प्रहरी समक्ष सुरुमा भने भन्दा कम पारिश्रमिक समेत दिएको भन्दै श्रम शोषण भएको समेत बताएकी छिन् ।

राजकुमारीलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो भने बिहीबार अदालतमा उपस्थित गराउने अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।