पौडी खेल्न जाँदा तीन बालबालिकाको मृत्यु

 असार २७ । नवलपरासीको नारायणी- ८ को उल्टीखोलामा पौडी खेल्ने क्रममा डुबेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।
खोलामा डुवेका उनीहरुलाई स्थानियले  बेहोस अवस्थामा  भेटाएपछि  उद्धार गरी डण्डास्थित मध्यविन्दु सामुदायिक अस्पतालमा लैजादा क्रममा बाटो मै  मृत्यु भएको  छ ।
 मृत्यु हुनेमा तमसरिया- ८की  १३ वर्षिया  एलिना कुमाल, मेलिना कुमाल  र   सुशन कुमाल  रहेको जिल्ला प्रहरी कार्यलय कावासेतीले जनाएको छ ।