असार २७ । केही समयदेखि स्थिर बन्न नसकेको सुनको भाउ नेपाली बजारमा आज भने ह्वात्तै उकालो चढेको छ ।

हिजोको तुलनामा आज ११ सयले तोलमा सुनको भाउ बढेर ५० हजार ४ सय रुपैयाँ पुगेको छ । बुधबार सुन तोलामा ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेको र डलरको भाउ पनि महंगिएकाले सुनको भाउ नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै हिजोको तुलनामा चाँदीको भाउमा तोलामा २० रुपैयाँले बढेर बिहीबार ८ सय २५ रुपैयाँ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।