युवा नेता लेखनाथ न्यौपानेको स्वास्थ्य अवस्था क्रमिक सुधार

असार २७ । नेकपा माओवादीका युवा नेता लेखनाथ न्यौपानेको स्वास्थ्य अवस्था हिजोको तुलनामा सुधार हुँदै गएको छ ।

न्यौपानेको अहिले राजधानीको नर्भिक हस्पिटलमा उपचार भईरहेको छ । उनलाई त्यहाँ सिसियुमा राखेर सुरुमा उपचार गरिएपछि अहिले भने सामान्य बार्डमा सारिएको छ ।

उनको त्यहाँ डा. भरत रावत, र पंकज जलालले उपचार गरिरहेका छन् ।

न्यौपानेको ब्लड  स्थिर हुन भने सकेको छैन । ब्लड कहिले हाई र कहिले लो हुने र सुगरको मात्रा केही बढी भएको उनकी धर्मपत्नी विभुति भट्टराईले चिकित्सकहरुको भनाई उदृत गर्दै हेलोखबरलाई जानकारी दिइन् । त्यसबाहेक अन्य सबै अवस्था भने सामान्य रहेको रिपोर्टहरु आएको उनको भनाई छ ।

बुधबार साँझ पौने ६ बजे घरमै सामान्य अवस्थामै एक्कासी बेहोस भएपछि उनलाई जनमैत्री हस्पिटल भर्ना गरिएको थियो । त्यसपछि राती नै उनलाई नर्भिक अस्पताल सारिएको थियो । सुरुमा उनलाई हृदयघातको आशंका गरिए पनि सबै चेकअप गर्दा हृदयघात नभएको चिकित्सकहरुले बताएका छन् ।