असार २७  । नेपालमा पनि जोस र जागर भए केही गर्न सकिन्छ भन्ने एक राम्रो उदाहरण दिएका छन दाङ देउखुरीका एक जना कृषक श्रीधर वलीले । उनले दिनमा नै १८ हजार अन्डा उत्पादन गरी बिक्रि बितरण गरी दैनिक लाखौको कारोबार गरिरहेका छन् ।

कृषिमा नयाँ पुस्ताको पलायन  बढ्दै जाँदा कृषिको सम्भावना  छ  भन्दै दाङ देउखुरीका एकजना कृषकले अत्याधुनिक कुखुरा फर्म सञ्चालन गरेर धेरै बिदेशीएका नेपालीलाई गतिलो सन्देश  दिन सफल भएका छन ।

उनको कुखुरा फर्ममा अहिले करिब ३० हजार कुखुरा अत्याधुनिक प्रविधिबाट पालेर प्रसस्त पैसा कमाउन सफल भएका छन । साथै कुखुरापालन गरेका वलीले ३० बढी स्थानीय युवालाई रोजगारी पनि दिएका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।