असार २७ । केही समय अगाडी प्रकाशित एसएलसी नतिजामा चित्त नबुझ्नेहरुको संख्या साढे ११ हजार पुगेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले जेठ अन्तिम साता सार्वजनिक गरेको ०६९ को एसएलसी नतिजामा चित्त नबुझेको भन्दै असन्तुष्टि गर्नेहरुको संख्या ११ हजार ४ सय रहेको हो । उनीहरुले नतिजा पुनर्योगका लागि निवेदन दिएका छन् ।

उपनियन्त्रक प्रह्लाद अर्यालका अनुसार विज्ञान र गणित विषयको नतिजामा असन्तुष्टि जनाउनेको संख्या धेरै रहेको आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

एसएलसी परीक्षामा अनुत्तीर्ण भएकाले मात्र होइन उत्तीर्ण भए पनि अंकमा चित्त नबुझेर पुनर्योग गर्न आउनेको संख्यासमेत धेरै रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।