असार २७ । एकीकृत नेकपा माओवादी भित्रको विवादका कारण पार्टी उपाध्यक्षबाट हालै राजीनामा दिएका डा. बाबुराम भट्टराई समुहलाई भने आफ्नै गृह जिल्ला गोरखामा संस्थापन पक्षले नाकाबन्दी लगाइँदै आइएको छ ।

विगत तीन वर्षदेखि नाकाबन्दी दिनानुदिन बढ्दै गएको भट्टराई समुहको भनाई छ ।

पद र शक्तिको आडमा आफूहरूमाथि नाकाबन्दी गर्दै आएको उनीहरुले बताएका छन् ।

तीन वर्षदेखि हाम्रो समूहका पूर्णकालिन साथीहरूलाई कति पनि पैसा नदिएको भन्दै सबैभन्दा आर्थिक नाकाबन्दी चर्को रहेको उनीहरुले गुनासो गरेको आजका छापामा खबर छापिएको छ ।

यसअघि पूर्णकालिन कार्यकर्ताले माग फारम भरेर पेस गरेपछि रकम दिने परम्परा रहेको उक्त रकम बाबुराम पक्षधरलाई भने नदिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।