पारस शाहद्धारा अन्नपूर्ण होटलका साहुमाथि दुर्व्यवहार

असार २६ । पुर्वयुवराज पारस शाह हृदयघातपछि पुनःजन्म लिएर बाँचेका हुन् भन्दा खासै फरक पर्दैन । किनकी उनलाई धेरैले नबाँच्ने भए भनेर माया मारिसकेका थिए । तर एक्कासी चिकित्सक नै आश्चर्यमा पर्ने गरी उनी सञ्चो भएका हुन् ।

यती साह्रो बिरामी भएर निको हुँदा धेरैले अब पारस सुध्रिएलान, उनले राम्रो गर्लान भन्ने सोचेका थिए ।

तर त्यो सोचाई विपरित पुनः पारसले एक जनासँग दुर्व्यवाहारपूर्ण व्यवहार गरेका छन ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

उनले होटल डेल अन्नपूर्णका साहु कपिल राणालाई दुर्व्यवहार गरेको आजको जनआस्थाले खबर छापेको छ ।

बिरामी छँदा नबाँच्ने आशामा वेवास्ता गर्नेको सुचिमा कपिल पनि भएको र पुनस्थापना केन्द्रमै भएपछि पारसले कपिललाई अप्ठ्यारो पर्दा काम लागेनौँ अहिले ठिक पार्न आउँछौँ भन्दै दुर्व्यवहार गरेको खबरमा उल्लेख छ ।

राजा त्रिभुवनका छोरा बसुन्धारतातर्फको सम्पत्ति अपुताली परेर कपिलले अन्नपूर्ण हत्याएको र महेन्द्रको खलकले र महेन्द्रको खलकले त्यसको हिस्सेदारी दाबी गरिररहेको पुरानै झगडाको कारण हो वा अरु नै कारण पारस र कपिलको सम्बन्ध तनावपूर्ण रहेको बताइएको छ ।

हाल काठमाडौँ फर्किसकेका कपिलले कोहीसँग पनि खुलेर नबोलेको बताइएको छ ।