नेपालको ‘सबैभन्दा भ्रष्टचारी नै राजनीतिक दल’

असार । नेपालको तुलनामा सबैभन्दा बढी भ्रष्टचारी को होला ? कर्मचारी, पत्रकार, सुरक्षाकर्मी वा कुनै कोही ? तपाईले कहिल्यै यस विषयमा सोच्नु भएको छ ?

सोच्नु भएको छ भने कुनै एउटा होला तपाईको दिमागमा तर त्यो मिल्न नि सक्छ नमिल्न नि सक्छ । छैन भने यता सुन्नुहोस् भर्खर सार्वजनिक भएको एक अध्ययनले भने राजनीतिक दल सबैभन्दा बढी भ्रष्ट रहेको तथ्य बाहिर ल्याएको छ ।

उक्त अध्ययन भने भ्रष्टाचारबारे विश्वभर अध्ययन गर्ने संस्था ग्लोबल करप्सन ब्यारो मिटरले गरेको हो । मिटरको अध्ययनमा नेपालमा सबैभन्दा बढी भ्रष्टचारी राजनीतिक दल ७० प्रतिशत ठहराईएको छ भने सबै भन्दा कममा मिडिया १४ प्रतिशत रहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनले काठमाडौमा मंगलबार पत्रकार सम्मेलन गर्दै निजामति कर्मचारी र प्रहरी निकै तीब्र गतिमा भ्रष्ट हुँदै गइरहेको अध्ययन पनि सार्वजनिक गरेको छ ।

निजामति कर्मचारी क्षेत्रको भ्रष्टचार अहिले ६६ प्रतिशत पुगेको अध्ययनमा देखाइएको छ । तर सन् २०११ मा भने १९ प्रतिशत रहेको थियो । त्यस्तै प्रहरी प्रशासन २०११ मा २६ प्रतिशत रहेकोमा बढेर ५८ प्रतिशत पुगेको देखाइएको छ ।

देशका ४८ वटा नगरपालिकामा एक हजार जनामा गरिएको अध्ययन अनुसार संसद ५१, न्यायपालिका ५१, निजी क्षेत्र ३०, सैन्य क्षेत्र ३०, शिक्षा क्षेत्र २१, गैर सरकारी संस्था २०, धार्मिक संघ संस्था र स्वास्थ्य समान १७ प्रतिशत भ्रष्ट देखिएको छ ।

अध्ययनले सबैभन्दा धेरै घुस खाने कार्यालय भूमिसुधार रहेको भन्दै जहाँ ४० प्रतिशत काम घुसबाट हुने गरेको पनि उल्लेख गरेको छ । न्यायपालिकामा ३७ प्रतिशत र प्रहरीमा ३० प्रतिशत काम घुसका माध्यमबाट हुने गरेको पनि अध्ययनमा उल्लेख गरिएको छ ।