असार २५ । गुण्डा नाइके पर्शुराम बस्नेत भक्तपुरको ८ रोपनी ४ आना जग्गा जमानत राखेर पर्शुराम बस्नेत तारेखमा रिहा भएका छन् ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान आयोगले अवैधानिक सम्पति आर्जन गरेको आरोपमा मुद्धा दायर गरेपछि धरौटी बुझाउन नसकेर जेल चलान भएका बस्नेत आज तारेखमा रिहा भएका हुन् ।
साउन १७ गते तारेखको लागि विशेष अदालतमा उपस्थित हुने गरी उनी छुटेका हुन् ।
उनलाई ११ करोड ४१ लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको आयोगले ठहर गरेको छ । यसअघि उनले उक्त धरौटी तिर्न नसक्दा जेल चलान भएका थिए ।
Comments