असार २५ । अन्तर्राष्टिय बजारमा सुनको मुल्यमा गिरावह आईरहेको भए पनि नेपाली बजारमा भने हिजो र आज क्रमश उकालो लागिरहेको छ ।

डलरको भाउ नेपाली मुल्यमा साट्दा महंगो पर्ने भएकाले डलरको नेपाली विनिमयमा आएको परिवर्तनले सुनको मूल्य बढ्न गएको हो ।

सोमबार नेपाली बजारमा सुनको मुल्य आइतबारको तुलनामा ७ सय ५० ले बढेको छ । हिजो ४९ हजार १ सय रहेको सुन आज प्रतितोलामा ७ सय ५० बढेर ४९ हजार ८ सय ५० मा कारोवार भइरहेको छ ।

शुक्रबार ७ सयल ५० ले सुनको मुल्य घटेको थियो भने आइतबार ४ सय ५० बढेको थियो । त्यस्तै आज पनि सुनको मुल्य वृद्धिले निरन्तरता पाएको छ ।

यता, चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । हिजो प्रतितोला ८ सय ५ रहेको चादी आज ८ सय २० पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।