असार २५  । पाकिस्तान सरकारले  कुख्यात आतकंबादी  समुह अलकायदाका नेता

ओसामा बिन लादेन पाकिस्तानी गुप्तचर संस्था र  सुरक्षा निकायको लापरबाहीको कारण लामो समय सम्म पाकिस्तानमा लुक्न सफल भएको बताएको छ ।

ओसामा बिन लादेन लाई मार्ने  अमेरिकी सैन्य संस्थाले  दिएको  टिर्पोटमा यस्तो बताएको छ ।

 अल जजिराले सार्वजनिक गरेको तथ्यांक अनुसार लादेन सन् २००१ मा अफगानिस्तानबाट भागेपछी पाकिस्तानमा रहँदै आएको  बताएको छ ।

सन् २००२मा पाकिस्तान पुगेका लादेन सन् २००५ मा दक्षिणी पाकिस्तानबाट  छिरेको बताएको छ ।

 पाकिस्तानमा रहँदा लादेन र अलकायदाका कार्यकर्ताको गतिबिधिको निगरानी गर्दा  अमेरिकाले लादेन  पाकिस्तानमै छ  भन्ने पत्ता  लगाइसकेको थियो । यही सुचनाको आधारमा  मे २०११ मा अमेरिकी नौसेनाले लादेनलाई मारेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।