असार २५ । गएराति भएको त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा वेष्टइन्डिजसँग श्रीलंका ३९ रनले विजयी भएको छ ।
वर्षाका कारण ४१ ओभरमा घटाइएको खेलमा श्रीलंकाले २ सय ३० रनको चुनौती दिएकोमा वेष्टइन्डिज ९ विकेट गुमाएर १ सय ९० रनमै सिमित भयो ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । त्यस्तै बलिंगका क्रममा एन्जेलो म्याथ्यूजले ४, शामिन्दा ईरांगाले ३ तथा लासिथ मालिंगाले २ विकेट खसाले ।
यता, वेष्टइण्डिजका डवायेन ब्राभोले ७० र लेन्डन सिमोन्सले ६७ रन जोडेपनि टिमलाई जित दिलाउन भने असफल भए ।
आइतबार श्रीलंकाले १९ ओभर ब्याटिङ गरेपछि खेल वर्षाले प्रभावित भएको थियो । त्यहि खेल सोमबार खेलिएको थियो ।
प्रतियोगितामा वेष्टइण्डिज र श्रीलंकाले समान दुई जीतबाट नौ अंक जोडेका छन् भने भारतको ५ अंक छ । भारत र श्रीलंकाले ३र३ खेल खेलेका छन् भने वेष्टइन्डिजले ४ खेल खेलिसकेको छ ।