सरकारले पटक पटक वार्तामा आइ सहमति निकाल्न आग्रह गरेको भन्दै नेकपा-माओवादीले आज राजधानीमा पत्रकार सम्मेलन गरेर वार्ता टोली गठन गरेको सार्वजनिक गरेको हो ।
वार्ता टोलीमा अध्यक्ष मोहन वैद्य किरणको नेतृत्वमा पार्टी उपाध्यक्ष उपाध्यक्ष सिपी गजुरेल, महासचिब रामबहादुर थापा बादल, सचिब देब गुरुङ र नेता नेत्र बिक्रम चन्द रहेका छन् ।
पत्रकार सम्मेलनमा माओवादीले सबै विषयमा निशर्त वार्ताको टेबलमा बसेर छलफल गर्न तयार रहेको भन्दै उच्चस्तरीय वार्ता टोली गठनको घोषणा बतायो ।
पत्रकार सम्मेलनमा माओवादीले सबै विषयमा निशर्त वार्ताको टेबलमा बसेर छलफल गर्न तयार रहेको भन्दै उच्चस्तरीय वार्ता टोली गठनको घोषणा बतायो ।
माओवादीले वार्ताका लागि वर्तमान सरकार हट्नुपर्ने र वर्तमान सरकारले घोषणा गरेको निर्वाचन मिति रद्ध हुनुपर्ने माग अघि सारेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले सरकार र राजनीतिक समितिसँग पनि वार्ता गर्न तयार रहेको भन्दै मंसिर ४ गतेको चुनाव भने बहिस्कार गर्ने बताए ।
पोखरामा हालै सम्पन्न माओवादी केन्द्रीय समितिको विस्तारित बैठकले सबै राजनीतिक दल तथा शक्तिको गोलमेच सम्मेलन र त्यसका आधारमा राजनीतिक दलको नेतृत्वमा सरकार नबनेसम्म संविधानसभा निर्वाचनको औचित्य नभएको भन्दै माओवादीले त्यस्तो निर्वाचनको सक्रिय तथा सशक्त बहिस्कार गर्ने निर्णय समेत गरेको छ ।
पत्रकार सम्मेलनमा वैद्यले मोर्चामा रहेका ३३ दलसहित आन्दोलनरत शक्तिलाई सहभागी गराएर गोलमेच सभा गर्नु पर्ने र त्यहीबाट राष्ट्रिय सहमतिको सरकार बनाउने र उक्त सरकारले भने सरकारले भने संविधानसभाको अर्को निर्वाचन तोक्नुपर्ने बताए ।