असार २४ । नेपाली बजारमा साताको पहिलो दिन हिजो ७ सय ५० ले घटेको सुनको भाउ आज भने ५ सयले उकालो चढेको छ ।

सोमबार सुन तोलामा ५ सय रुपैयाँले बढेर ४९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबारको तुलनामा ७ सय ५० ले घटेर आइतबार तोलामा ४८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदी पनि ५ रुपैयाँले बढेर तोलाको ८ सय ५ रुपैयाँ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।