असार २४ । सरकारले आगामी बजेटमा नयाँ कार्यक्रम नराख्ने बताएको छ ।
आगामी बजेट भनेको चुनाव केन्द्रित हुने र नयाँ कार्यक्रमहरु भने नहुने अर्थमन्त्री शंकर कोइरालाले बताएका छन ।
राजधानीमा आर्थिक पत्रकार समाजको पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कोइरालाले सरकार बजेट ल्याउने अन्तिम तयारी भइरहेको बताए । बजेटमा विवादित नहोस भन्नेमा छलफल भइरहेको बताए ।
वर्षमा तीनपल्ट बजेट आउँदा देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताउँदै उनले आंशिक, पूर्ण या चुनावी नभनी एक वर्षका लागि मुलुकको आय व्यय प्रस्तुतगर्न गृहकार्य भइरहेको बताए ।
Comments