एउटा अध्यनले के देखाएको छ भने टेन्सन लिनु भनेको रोगलाई निम्तो दिनु हो ।

टेन्सनको बारेमा  सोचे मात्र पनि बिमारी हुन सक्ने एक अध्यनले देखाएको छ र मुटु सम्बन्धीको समस्या पनि आउने सक्ने बताइएको छ । डेलीमेलले छापेको समाचार अनुसार   मानिसले सोचका कारणले शरिररको स्वास्थ्यमा यस्तो असर पर्ने बताइएको छ ।

बेलायती अनुसन्धान कर्ताले टेन्सनको बिरामीको उपचारको लागि सबै भन्दा पहिले उनीहरु के कुरामा टेन्सन लिइरहेका छन  भन्ने बारेमा थाहा पाउनु पर्ने  बताएका छन ।

अनुसन्धानमा ४९ र ५० वर्षका  मानिसहरुको बिचमा गरीएको थियो  । जसमा सबैलाई  तपाईहरुले काम गर्दा कस्ता कस्ता कुराहरु सोच्ने गर्नहुन्छ ? र कस्तो महसुस गर्नहुन्छ ? भन्ने प्रश्न सोधीएको थियो ।

अनि उनीहरुले कस्तो खानपान गरेका हुन्छन  भन्ने बारेमा पनि अध्यन गरिएको थियो । अध्यनमा काम गर्ने क्रममा  जसले बढी टेन्सन लिएको थियो उनीहरुलाई रोगी रहेको बताइएको छ ।  

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।