असार २४ (रासस) । वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना३ख १६४७ नम्बरको यात्रुबाहक बस हेटौँडा वन पैदावार नजिक गएराति अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनामध्ये हेटौँडा नगरपालिका – ९ बस्ने ४० वर्षीय गणेश विष्टको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ भने  अन्य घाइते सामान्य उपचार पछि घर पर्किएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अर्का घाइते मकवानपुरको छतिवन गाविस–९ सुजन लामाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालक दामन गाविस–५ बस्ने मधुसूदन भण्डारीलाई प्रहरीले नियन्त्रमा मा लिई अनुसन्धान गरिरेहेको प्रहरीले  जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।