असार २४ । अन्तरिम मन्त्तिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उच्चस्तरीय राजनीतिक समितिका संयोजक विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ ।
चुनावको विपक्षमा रहेका नेकपा–माओवादी सहितका अरु दलसँग गर्ने वार्ताका विषयमा तयारी गर्न अध्यक्ष रेग्मी र समितिका संयोजक गच्छदारबीच छलफल भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेकपा–माओवादीले राखेका मागमा सरकारका तर्फबाट राख्ने प्रस्ताव, संविधानसभा चुनाको तयारी, समानुपाति सिटसंख्या लगायतका विषयमा पनि छलफल भएको रेग्मीको निजी सचिवालयले जनाएको छ ।
Comments