असार २३ । हदैसम्मका अश्लिलता छल्कने दृश्यहरु रहेको भनिएको चलचित्र एटिएम पुन: प्रदर्शनमा आउने भएको छ ।

यसअघि अश्लिलताकै विषयमा प्रदर्शनमा रोक लागेपछि आफ्नो चलचित्र रिलिज गरी पाउँ भनि निर्माता दिनेश थापाले पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

उक्त निवेदनमा अदालतले एटिएमलाई पूर्ववर्ति सेन्सरको नियम पालना गर्दै प्रदर्शनमा आउन स्टे अर्डर जारी गरेको हो ।

अदालतको आदेशसँगै उक्त फिल्म साउन ११ बाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी गराएको छ ।

यअघि अश्लील भएको भन्दै यस चलचित्रलाई प्रदर्शन भएको पहिलो दिन नै सिनेमा हलबाट हटाइएको थियो । त्यसयता यसले प्रदर्शन गर्न पाएको थिएन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।