असार २३ । गत साता केही मात्रामा भए पनि उकालो लागेको सुनको भाउ साताको पहिलो दिन भने ७ सय ५० रुपैयाँ घटेर कारोबार भईरहेको छ ।
हप्ताको अन्तिम दिन शुक्रबार सुन ४९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज भने ४८ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्टिय बजारमा सुनको भाउमा स्थिर बन्न नसक्दा नेपाली बजारमा पनि त्यसको सोझो असर परेको हो ।
Comments