उत्तम भट्टराई, दोहा, – स्याङ्जा सम्पर्क मञ्च दोहा कतारको चौथो नियमित बैठक सम्पन्न भएको छ ।

“सामाजिक न्याय, समानता र अग्रगामी परिवर्तनको अभियान, स्याङ्गजा सम्पर्क मञ्चमा आवद्धताको आह्वान” भन्ने मूल नाराका साथ स्थापित मञ्चको बैठक मुन्तजा पार्क दोहामा सम्पन्न भएको हो ।

मञ्चका अध्यक्ष भेषराज पराजुलीको अध्यक्षतामा बसेको सो बैठकमा विविध बिषयमा समिक्षात्मक छलफल गरिएको थियो ।

बैठकमा प्रेम नेपाली, खड्क नेपाली, धन्नजय लम्साल, गोप सुनार, बेद प्रसाद पाठक, मुक्ति काफ्ले लगायतले आफ्ना भनाई राखेका थिए ।

बैठकमा समाजसेवी तथा स्याङ्जाली अगुवा गुरु नारायण रानाभाटको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रम सञ्चालन मञ्चका सचिव बुद्धि वि.कले गरेका थिए । मञ्च नेकपा एमालेमा आस्था राख्ने युवाहरुको संस्था हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।