असार २२ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले पार्टीभित्र देखीएको विवाद मिलानको लागि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको खुलासा गरेका छन् ।

प्रवक्ता सापकोटाले आगामी साउन ४ मा हुने विस्तारित बैठकले पनि समस्या समाधान नगरे विशेष महाधिवेशन बोलाएर भएपनि विवाद समाधान गर्ने तयारी भैरहेको बताए ।

आज पार्टि मुख्यालय पेरीस डाडामा साप्ताहीक पत्रकार भेटघाटमा प्रवक्ता सापकोटाले पार्टि भित्र देखीएको पदिय विवाद मिलाउन थ्री इन वनको सिद्धान्त मात्र नभएर फोर इन वन बनाउन लागिएको बताए ।

माओवादीमा पार्टीभित्र वृद्ध, प्रौढ र युवाको बराबरी सहभागितालाई थ्री इन वन भन्ने गरिएको छ । विस्तारित बैठकबाट त्यसमा अल्पसंख्यक र आदिवासी जनजाति पनि थपिने सापकोटाले बताए ।
त्यस्तै प्रवत्ता सपकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्टिलाई मास बेस्ड क्यार्डर पार्टी बनाउने संगठनात्मक संरचनाको प्रस्तावना तयार पारेको जानकारी दिए ।

उनले नेपालको बिशिष्ठतामा सबलाई समेटेर मास बेस क्याडर पार्र्टी नै हुनपर्ने प्रष्ट पार्दै अहिलेको आवश्यकता अनुसार संगठन निर्माण गर्नुपर्ने बताए ।

सापकोटाले अध्यक्ष दाहालले तयार पारेको प्रस्तावमा केही नयाँ सिद्धान्तको विकास गर्नेबारे उल्लेख गरिएको जानकारी दिए । अध्यक्ष दाहालले विस्तारित बैठकमा पेश गर्ने संगठनात्मक प्रस्ताव तयार पारे पनि संख्या किटान गर्न भने बाँकी रहेको सापकोटाको भनाइ छ ।

अर्को एक फरक प्रसंगमा उनले नेता बाबुराम भट्टराईले पार्टी नै छाडेको नभई उपाध्यक्ष पद त्यागेको बताए ।

विस्तारित बैठकले भट्टराईको कदमबारे ठोस धारणा तय गर्ने भनाइ सापकोटाको छ । त्यस्तै प्रवक्ता सापकोटाले नेकपा माओवादी निर्वाचनमा नआए उक्त पार्टि विघटन हुने दावी पनि गरे । सापकोटाले वैद्य पक्षले संविधानसभा निर्वाचन खारेज गर्न नसक्ने औल्याउदै निर्वाचनले उक्त पार्टिनै खारेज गर्ने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।