ट्राइसिरिजमा भारतको पहिलो जीत

 असार २२ ।ट्राइसिरिज क्रिकेट श्रृंखला अन्तर्गत   वेष्टइन्डिज र भारत बीच खेलमा भारतले पहिलो विजयी हासिल गरेको छ । भारतले वेष्टइन्डिजलाई १ सय २ रनले  हराएर बिजय भएको हो ।

भारतले  पहिले ब्याटिङ गरेर ७ विकेटको नोक्सानीमा ३ सय ११ रन  लक्ष्य  वेष्ट इण्डिज  दिएको थियो । डकवर्थ लेविस नियमका आधारमा ३९ ओभरमा २ सय ७४ रनको लक्ष्य पाएको वेष्ट इन्डिज १ सय ७१ रनमा अल आउट भएको थियो ।

भारतका लागि  कप्तान विराट कोहलीले १ सय २ रन बनाए भने शिखर धवनले ६९ रन बनाए । वर्षाले वाधा पुर्याएको खेलमा क्यारेवियन टोलीले ३९ ओभरमा २ सय ७४ रनको नयाँ चुनौती पाएको थियो । जवाफमा वेष्ट इण्डिजले सबै विकेटको नोक्सानीमा १ सय ७१ रन मात्र जोडेपछि भारत बिजयी भएको हो ।

प्रतियोगिता अन्तर्गत भोलिको खेलमा वेष्ट इण्डिज र श्रीलंका  खेल हुदैछ ।यसमा श्रीलंकाले हार भए  मात्रै भारत फाइनल प्रवेश गर्न सक्नेछ ।