असार २२ । आज बिहान खसेको पहिराको कारण नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गा नजिकै सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा चितवनबाट काठमाडौँ तथा पोखरातर्फ छुटेका सबै सवारीसाधन बीच बाटामा रोकिएका तथा मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेका सवारीसाधन बाटामै अलपत्र परेका छन्।
सडकको करिब १०० मिटर क्षेत्रमा लेदो माटोसहितको ढुङ्गा खसेकाले अवरोध हटाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
भरतपुरबाट गएको डोजरको सहायतामा अहिले पहिरो हटाउने कार्य भइरहेको छ ।
Comments