असार २२ । भारतीय विदेशमन्त्रीसलमान खुर्सिद दुईदिने औपचारिक भ्रमणका लागिभएका छन ।
विदेशमन्त्रीको जिम्मेवारी  पाए पछि  खुर्सिद पहिलो पटक नेपाल भ्रमण गर्ने भएका हुन ।
 नेपाल भ्रमणका क्रममा विदेशमन्त्री खुर्सिदले द्विपक्षीय सम्बन्ध विस्तार र अगामी निर्वाचको विषयमा छलफल गर्ने बताइएको छ ।
नेपाल भ्रमणका क्रममा  उनले  राष्ट्रपति डा रामवरण यादव र चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको  भारतिय दूतावासले जनाएको छ ।

  खुर्सिदले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिक अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक विजयकुमार गच्छदार र महन्थ ठाकुरलगायतका नेताहरूसँग भेट  गर्ने छन ।

मंसिर ४ मा संविधानसभाको  निर्वाचन तिथि घोषणा भइसकेको   र चुनावका विषयमा व्यवस्थापन  सुरक्षा , माओवादीको बहिस्कार,  सम्बन्धमा  यस  खुर्सिदको नेपाल भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।  ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।