बाबुद्धारा छोरी बलात्कृत

असार २२ । छोरीलाई बलात्कार गरेको आरोपमा संखुवासभा खोरण्डेका पासाङगम्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ  । जबरजस्ती  ६ वर्षदेखि  लगातार बाबुले बलात्कार उजुरी छोरीले दिएपछि ४५ वर्षीय शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

 आफ्नी आमाको ६ वर्ष अगाडी मृत्यु भएको र मृत्युपछि ११ वर्षको उमेरदेखि ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको पीडितले बताएकी छिन् ।

 फुपुले साथ दिएपछि प्रहरीसमक्ष पुगेकी उनले ६ बर्षदेखि आफू बलात्कृत हुँदै आएको र २ बर्षदेखि भने गर्भनिरोधक औषधी खुवाएर यौनशोषण गर्ने गरेको बताइन् ।

 दीदीङ–५ आहालेबाट खाँदबारीको खोरण्डे गाउँमा आएर बस्ने पासाङ शेर्पाले जेठी श्रीमतीको मृत्यु भएपछि दोश्रो बिहे गरेका थिए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

दोस्रीले पनि आत्महत्या गरेपछि तेस्री श्रीमति विवाह गरेका उनले श्रीमति र घरमा कोही नभएको मौका छोपेर बलात्कार गर्ने गरेको थियो । पीडितको जाहेरीपछि  प्रहरीले पासाङगम्बु शेर्पालाई पक्राउ गरेको  छ ।