असार २२ । पुर्व बिश्व सुन्दरी र बलिउडकी नायिका युक्ता मुखीले आफ्नो पति पिम्स तुलीका बिरुद्ध मुद्दा हालेकी छिन । उनले प्रहरी सामु आफ्नो पतिले घरेलु हिंसा र यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन ।
उनको अनुसार पतिले रक्सी खाएर सधै पिटने र गालि गलोज गर्ने बताइएको छ ।
प्रहरीका अनुसार उनले अप्राकृतिक सेक्स गरेको आरोप सहित मुद्दा लगाउने बताएको छ ।
उनका पति भारतीय मुलका अमेरिकी निवासी तुलीले अमेरीकामा व्यापार गर्दछन । आरोप लगाएपछि उनको स्वाथ्य परिक्षण गरिएको छ ।
उनको विवाह २००८ मा भएको थियो उनी एक छोराकी आमा पनि बनिसकेकी छिन । उनी १९९९ मा विश्व सुन्दरी बनेकी थिइन ।
Comments







