असार २२ । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन गरे यता सवा करोड नेपाली फोटोसहितको मतदाता सूचीमा दर्ता भएका छन् ।

नामावली संकलनका लागि दुई वर्षदेखि करौडौं रुपैयाँ खर्चेर प्रचार प्रसार र काम गर्दै आएको पनि छ ।

तर, फोटोसहितको मतदाता सूचीमा कांग्रेस सभापति सुशिल कोइराला भने छुटेका छन् ।

उनै कोइरालाले अहिलेसम्म नाम दर्ता नगरेका हुन् । अमेरीकामा स्वास्थ्य परिक्षण सकेर कार्यकर्ता भेटघाटमा व्यस्त कोइरालालाई एक कार्यकर्ताले मदताता सूचीमा नाम दर्ता गरे नगरेको सोधेपछि भने उक्त कुराको रहस्य खुलेको हो ।

उनले अहिलेसम्म मतदाता नमावलीका लागि आफ्नो नाम दर्ता नगराएको पाइएको आजको अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।

आयोगले असार मसान्तसम्म मतदाता नामावली संकलनको अन्तिम मिति तोकेर निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।