असार २२ । राष्ट्रिय योजना आयोगले तयार पारेको त्रिवर्षीय योजनाको मस्यौदामाथिको छलफल आज पनि जारी रहने भएको छ ।

दुई दिने राष्ट्रिय विकास परिषद्को बैठकमा प्रस्तुत गरिएको योजनाको मस्यौदामा आउँदो १० वर्षभित्र गरिबी घटाएर नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पु¥याइने लक्ष्य लिइएको छ ।

मस्यौदामा गरिबीको रेखामुनी रहेको जनसङ्ख्या १८ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यसैगरी त्रिवर्षीय योजनामा कृषि क्षेत्रको सुधार, जलविद्युत तथा ऊर्जाको विकास, सडक तथा भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको छ ।

प्रस्तावित योजनाले विकास प्रक्रियामा निजी, सरकारी र सहकारी क्षेत्रको योगदान बढाएर दिगो, फराकिलो र समावेशी आर्थिक रणनीति लिइने उल्लेख छ । राष्ट्रिय विकास परिषद्को बैठकमा योजना क्षेत्रका विज्ञ, सरोकारवाला निकायका प्रतिनिधिलगायतले मस्यौदामाथि टिप्पणी र सुझाव प्रस्तुत गर्ने क्रम आजा पनि जारी रहने छ ।

छलफलमा उठेका विभिन्न जिज्ञासाको योजना आयोगका उपाध्यक्ष डा. रविन्द्रकुमार शाक्यले जवाफ दिनुभएपछि बैठक आजै सकिने छ । परिषद् बैठकको हिजो अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्नुभएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।