असार २२ । ९१ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय सहकारी महासङ्घले तय गरेको “सङ्कटका बेला सहकारी” भन्ने नाराका साथ मुलुकभर आज यो दिवस मनाउन लागिएको हो । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिबार सहकारी दिवस मनाइने गरिन्छ ।

दिवसका अवसरमा सहकारी विभाग, सहकारी महासङ्घले अन्तत्र्रिmया, ¥यालीलगायतका कार्यक्रम आयोजना गर्दै छन् ।

मुलकभर अहिले २७ हजारको हाराहारीमा सहकारी संस्था रहेको सहकारी विभागले जनाएको छ भने ४० लाख जनता सहकारीमा आवद्ध छन् ।

सरकारले ३ खम्बे अर्थनीतिमा निजी क्षेत्र, सरकारी र सहकारीलाई जोडे पनि कुल गार्हस्थ उत्पादनमा सहकारीको उल्लेख्य योगदान हुन सकेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।