असार २२ । गुण्डा नाइके चरी भनेर चिनिने दिनेश अधिकारीमाथि गएराति राजधानीमा गोली प्रहार भएको छ ।
धादिङबाट काठमाडौं आउने क्रममा काठमाडौँको कलंकी नजिकै उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।
उनलाई समिर बस्नेतको समूहले गोली हानेको प्रहरीले बताएको छ ।
कारभित्र रहेका चरीको दाहिने पाखुरामा गोली लागेको र काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
गोली प्रहारबाट गम्भीर घाइते उनको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका लागि लगिएपनि राति नै शिक्षण अस्पताल पुर्याइएको छ । अहिले भने उनको अवस्था सामान्य रहेको बताइएको छ ।
पछिल्लो समय उनी नेकपा एमालेमा आवद्ध सक्रिय छन् । उनी एमाले धादिङ्गका उपाध्यक्ष समेत हुन ।
Comments